‘खेलाडीको अथक मेहनत र प्रशिक्षकको भुमिका निकै महत्वपूर्ण रह्यो’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘खेलाडीको अथक मेहनत र प्रशिक्षकको भुमिका निकै महत्वपूर्ण रह्यो’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भुमिका निकै महत्वपूर्ण रहेको बताउनु भएको छ ।

मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सबिरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशियाकपमा स्थान बनाएसँगै लामिछानेले यस्तो बताउनुभएको हो ।

प्रतियोगिताको सिरिजका उत्कृष्ट खेलाडी बन्नुभएका सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भुमिका निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभयो ।

नेपालले एशिया कपमा स्थान बनाएसँगै बलिया टोलीसँग खेल्ने मौका अवसर आएको बताउनु भयो । नेपाली टोली अर्को श्रेणिमा उक्लिएको भन्दै कहिल्यै नखेलका टोलीसँग नेपालले एक्स्पोजर पाउने मौका एशियाकप रहेको बताउनु भयो ।

नेपाली टोलीलाई प्रतिकुल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीबिरुद्ध जित निकाल्न निकै सहज भएको समेत लामिछानेले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);