भाग्यसँगै गुल्सनको उत्कृष्ट प्रदर्शनका कारण नतिजा गुमाउनु पर्योः मोहम्मद वासिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भाग्यसँगै गुल्सनको उत्कृष्ट प्रदर्शनका कारण नतिजा गुमाउनु पर्योः मोहम्मद वासिम

काठमाडौं । युएईका कप्तान मोहम्मद वासिमले नेपालबिरुद्धको खेलमा भाग्यले साथ नदिएको र गुल्सनको उत्कृष्ट खेलका कारण नतिजा गुमाउनु परेको बताउनु भएको छ ।

मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा नेपालसँग हार व्यहोरेपछि उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले शुरुवात राम्रो भएपनि मध्यक्रमका नेपाली ब्याटरले सम्हालिएको प्रदर्शन गर्दा नतिजा गुमाउनु परेको बताउनु भयो । उहाँले योगफल झिनो भएकाले अपेक्षा अनुसार खेल हुन नसकेको समेत बताउनु भयो ।

नेपालमा सम्पन्न एसिसि मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालसहित १० टोलीले सहभागिता जनाएका थिए । आयोजक एसिसिले सहभागि राष्ट्रलाई दुई समूहमा विभाजन गर्दै खेलाएको थियो ।

जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना भएका हुन् । यससँगै मुलपानी क्रिकेट मैदानले एक दिवसीय मान्यता पाउँदा नेपालले एक खेल कतारसँग मुलपानी क्रिकेट मैदानमा खेल्ने अवसर पाएपनि वर्षाले अवरुद्ध भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);