सन्दीपले भावुक हुँदै भने– यो जिन्दगीले कहाँ लैजान्छ थाहा छैन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सन्दीपले भावुक हुँदै भने– यो जिन्दगीले कहाँ लैजान्छ थाहा छैन्

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले साथ र मायाको लागि नेपाली क्रिकेट प्रेमीहरुलाई धन्यवाद दिएका छन् ।

मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सबिरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशियाकपमा स्थान बनाएसँगै लामिछानेले धन्यवाद दिएका हुन् ।

उनले आज क्रिकेटको यात्रामा धेरै सपनाहरु मध्य एउटा सपना पुरा भएको महसुस भएको पनि उल्लेख गरेका छन् । सँगै उनले भावुक हुँदै भनेका छन्– यो जिन्दगीले कहाँ लैजानेछ थाहाँ छैन् । तर, यो साथ र मायाको लागि हृदयदेखि धन्यवाद ।

प्रतियोगिताको सिरिजका उत्कृष्ट खेलाडी बनेका सन्दीप लामिछानेले खेलपछि नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भुमिका निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);