सन्दीप सम्मिलित सीपीएल टी–२० क्रिकेट अगष्ट १८ बाट सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सन्दीप सम्मिलित सीपीएल टी–२० क्रिकेट अगष्ट १८ बाट सुरु हुने

sandeep

काठमाडौ, २७ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेट आगामी अगष्ट १८ बाट सुरु हुने भएको छ । कोरोना भाईरसको महामारीका कारण अन्योलमा रहेको यस सिजनको सीपीएल अगष्ट १८ बाट सुरु हुने भएको हो ।

ट्रीनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर २० सम्म चलनेछ । ट्रीनिडाड एन्ड टोबेगो सरकारले प्रतियोगिता संचालनका लागि अनुमति दिएपछि प्रतियोगिताको मिति पक्का भएको हो ।प्रतियोगिता बन्द रंगशालामा संचालन हुनेछ ।

खेलमा खेलाडी र आयोजकले सरकारको नियम पालना गर्नु पर्नेछ ।यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने जनाइएको छ । गत सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलर १ करोड ८ लाख नेपाली रुपैयाँ मा अनुबन्ध गरेको हो ।

यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो ।सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।सन्दीपले यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);