सन्दीप लामिछानेले प्रिमियर लिग टी–ट्वान्टी जमैका तलावाजबाट खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सन्दीप लामिछानेले प्रिमियर लिग टी–ट्वान्टी जमैका तलावाजबाट खेल्ने

काठमाडाैं, २३ असार । सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् । सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेसँगै सीपीएल खेल्ने निह्चित भएको हो ।

सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी डलर अर्थात १ करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो ।

सन्दीपलाई यस अघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो । सन्दीपले यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । कोरोना भाईरसको महामारीको कारण यस सिजनको सीपीएलको मिति भने तय भइसकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);