सन्दीप वेस्ट इन्डिज जाने निश्चित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सन्दीप वेस्ट इन्डिज जाने निश्चित

sandip lamichane

काठमाडौं, १४ साउन । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न वेस्ट इन्डिज जाने निश्चित भएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द रहेको अवस्थामा सन्दीपले उक्त प्रतियोगिता खेल्ने अनिश्चित भएको थियो । तर नेपाल सरकारले सहजीकरण गरेपछि अब उनी त्यहाँ जाने निश्चित भएको हो । सन्दीप जुलाई ३० मा चार्टर गरिएको कोरियन विमानमार्फत त्यसतर्फ जानेछन ।

उनी अगस्ट १ सम्ममा क्यारेबियन पुगिसक्ने छन् । यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।क्यारिबयन सरकार तथा आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउने खेलाडीले १४ दिनको क्वारेन्टिन बस्नु पर्ने छ ।

यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनले तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।सन्दीपलाई जमैका तलावाजले १ करोड ५७ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । सीपीएलमा यो सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो ।सन्दीप आबद्द जमैकाको पहिलो खेल अगष्ट १९ मा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);