सीपीएल खेल्न सन्दीप वेष्ट इन्डिज प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सीपीएल खेल्न सन्दीप वेष्ट इन्डिज प्रस्थान

sandeep cpl

काठमाडौं, १५ साउन । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न बिहीबार वेस्ट इन्डिज  प्रस्थान गरेका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द रहेको अवस्थामा सन्दीपले उक्त प्रतियोगिता खेल्ने अनिश्चित भएको थियो । तर नेपाल सरकारले सहजीकरण गरेपछि उनी त्यहाँ खेल्न गएका हुन् ।

सन्दीप चार्टर गरिएको कोरियन विमानमार्फत वेष्ट इन्डिज प्रस्थान गरेका हुन् । । उनी अगस्ट १ सम्ममा क्यारेबियन पुगिसक्ने छन् । यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ । क्यारिबयन सरकार तथा आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउने खेलाडीले १४ दिनको क्वारेन्टिन बस्नु पर्ने छ ।

यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनले तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।सन्दीपलाई जमैका तलावाजले १ करोड ५७ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।

सीपीएलमा यो सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो । सन्दीप आबद्द जमैकाको पहिलो खेल अगष्ट १९ मा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);