जमैका तल्लहवाजद्वारा सन्दीप लामिछाने रिलिज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जमैका तल्लहवाजद्वारा सन्दीप लामिछाने रिलिज

काठमाडाैं । क्यारेबियन प्रिमियर लिग सीपीएल २०२१ का लागि जमैका तल्लहवाजले सन्दीप लामिछानेलाई रिलिज गरेको छ । सात खेलाडी कायम नै राखेको जैमकाले नेपाली लेग स्पीनर सन्दीप लामिछाने लगायत खेलाडीलाई रिलिज गरेको हो । सन्दीपले लगातार तेस्रो सिजन सीपीएल खेल्ने क्रममा गत वर्ष जमैकाबाट खेलेका थिए ।

जमैकाल अलराउण्डर आन्द्रे रसेलसहित कार्लोस ब्रेथवेइट, रोभमन पावेल, चाडविक वालटन, फिडे एडवार्ड्स, भिरास्वामी परमउल र राएन पर्सौदलाई नयाँ सिजनको लागि कायम नै राखेको हो । बाँकी स्थानका लागि जमैकाले केही दिनमा खेलाडीको नाम घोषणा गर्ने जनाएको छ ।

सन्दीपसँगै अफगानिस्तानका मुजिव उर रेहमान, पाकिस्तानमा आसिफ अली, न्यूजिल्याण्डका ग्लेन फिलिप्स, वेष्ट इन्डिजकै ओसाने थोमस लगायत खेलाडीलाई भने रिलिज गरेको हो । गत सिजन जमैका लिगमा चौथो हुँदै सेमिफाइनल पुगेको थियो तर ट्रिनबागो नाइट राइडर्ससंग पराजित हुँदै बाहिरिएको थियो ।

सन्दीपले जमैकाका लागि ११ खेल खेल्दै १२ विकेट लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);