मधेसको शैक्षिक सुधारका लागि अनुसन्धानमा जुट्न राजर्षी जनक विश्वविद्यालयलाई शिक्षामन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

मधेसको शैक्षिक सुधारका लागि अनुसन्धानमा जुट्न राजर्षी जनक विश्वविद्यालयलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेश गर्न राजर्षी जनक विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । बुधवार धनुषामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्ता निर्देशन दिनुभएको हो । उहाँले शिक्षा ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै मधेसको शिक्षा क्षेत्रमा रहेका समस्या खोज तथा अध्ययनमार्फत पहिचान गर्न विश्वविद्यालयलाई निर्देशन दिनुभयो । मन्त्री पोखरेलले विश्वविद्यालयहरु पढ्ने र पढाउने कार्यमा मात्र सिमिति हुन नहुने पनि बताउनु भयो । उहाँले सम्बन्धित क्षेत्रका समस्याको पहिचान गर्न खोज तथा अनुसन्धात्मक कार्यमा विश्वविद्यालयहरु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधेस प्रदेशमा शिक्षाको गुणस्तर सुधारका लागि सरकारले गम्भीरताका साथ काम गरिरहेको पनि बताउनु भयो । उहाँले नयाँ विश्वविद्यालय स्थापनाका लागि भवन निर्माणको प्रक्रिया समेत अघि बढिसकेको जानकारी दिँदै उनले उपलब्ध स्रोत र क्षमताअनुसार सबै पक्षले काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री पोखरेलले मधेसका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने अवस्थालाई समेत सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । राजर्षी जनक विश्वविद्यालयले अन्य विश्वविद्यालयको स्तरमा पुग्न अझै काम गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार