राजर्षी जनक विश्वविद्यालयलाई १० वर्षे मार्गचित्र तयार पार्न देउवाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

राजर्षी जनक विश्वविद्यालयलाई १० वर्षे मार्गचित्र तयार पार्न देउवाको निर्देशन

ser bahadur deuwa

प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरस्थित राजर्षी जनक विश्वविद्यालयलाई तत्काल १० वर्षे मार्गचित्र तयार परी अघि बढ्न निर्देशन दिएका छन् । विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता र अन्तर्राष्ट्रिय मागको आधारमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयलाई सचेत गराएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विश्वविद्यालयको प्रथम सभालाई सम्बोधन गर्दै उनले सरकारले उच्च शिक्षाको विकासलाई विशेष प्राथमिकता दिएको दाबी गरे । सभाले विश्वविद्यालयको बजेट, आवश्यक जनशक्तिलगायतका ६० वटा प्रस्ताव पारित गरेको छ । त्यसैगरी विश्वविद्यालय सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्र्ने प्रस्ताव पनि स्विकृत गरिएको छ ।

सभाले हाल त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसका रुपमा सञ्चालित सिराहास्थित सुर्यनारायण, सत्यनारायण बहुमुखी क्याम्पस र राजविराजस्थित महेन्द्र विन्देश्वरी क्याम्पसलाई पनि राजर्षी जनक विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहने प्रस्ताव पनि पारित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);