तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने बताएका छन् । शुक्रबार शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने भन्दै राजनीतिक पूर्वाग्रह त्याग्न आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि नेविसंघले तालाबन्दी गरेको छ भने यस विषयलाई लिएर सडक र सदनसम्म आवाज उठिरहेको छ । राजनीतिक आग्रह र पूर्वाग्रह त्यागेर विश्वविद्यालयका समस्या पहिचान गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विभिन्न चुनौतीबाट गुज्रिएको विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । विश्वविद्यालयको समस्या समाधान गर्न र शिक्षा क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेका उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);