लथालिङ्ग अवस्थामा 'डडेल्धुरा बहुमुखी क्याम्पस' | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लथालिङ्ग अवस्थामा ‘डडेल्धुरा बहुमुखी क्याम्पस’

विमल जैरु
डडेल्धुरा, २५ फागुन ।डडेल्धुरा बहुमुखी क्याम्पस लथालिङ्ग भएको छ । क्याम्पस प्रमुख गंगादत्त उप्रेतीको राजीनामा माग गर्दै ६ महिना अघिदेखि लगाइएको ताला अझै खुलेको छैन । प्राध्यापक, विद्यार्थी र कर्मचारीको आन्दोलनले क्याम्पस लथालिङ्ग भएको छ।

त्रिभुवन विश्वविद्यालयको आगिंक क्यम्पसको रुपमा डडेल्धुरा बहुमुखी क्याम्पस २०५२ सालमा स्थापना भएको हो । तर प्राध्यापक विद्यार्थी र कर्मचारीको आन्दोलनले लथालिङ्ग भएको छ । कांग्रेस निकट त्रिवि कर्मचारी संघले गत ७ असोजमा तालाबन्दी गरेको थियो । तर ६ महिना अघिदेखि लगाइएको ताला खुलाउन कसैले चासो दिएका छैनन् । तालाबन्दीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । विवाद तत्काल सल्टाएर ताला खोल्न विद्यार्थीहरुले माग गरेका छन् ।

कर्मचारीहरुको विवादले विद्यार्थीहरु मारमा परेका छन् । सरकारी क्याम्पसमा पढाइ नभएपछि विद्यार्थीहरु प्राइभेट क्याक्पस जान बाध्य भएका छन् । उता क्याम्पस प्रमुख गंगादत्त उप्रेती भने तालाबन्दी खोल्नको लागि प्रयास भइहरेको प्रतिक्रिया दिनुभएको छ ।

डडेल्धुराको एक मात्र आंगिक क्याम्पसमा लामो समय देखि तालाबन्दी हुँदा पनि प्रशासन राजनीतिक दलले समाधान गर्न चासो नदिएको स्थानीयको भनाई छ । तत्काल विवाद समाधान गरि पठन पठान नियमित संचालन गर्न विद्यार्थी र अभिभावकले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);