आन्दोलनले लथालिङ्ग सुदूरपश्चिम विश्वविद्यालय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आन्दोलनले लथालिङ्ग सुदूरपश्चिम विश्वविद्यालय

पुष्कर भट्ट
कञ्चनपुर, ११ फागुन
। प्रदेश नम्बर ७ को सुदूरपश्चिम विश्वविद्यालय एकपछि अर्को आन्दोलनले लथालिङ्ग भएको छ । विद्यार्थी, प्राध्यापक र कर्मचारीको आन्दोलनले विश्वविद्यालय लथालिङ्ग भएको हो । विश्वविद्यलय राजनीतिक थलो बन्दा हजारौ विद्यार्थीको पठन पठान प्रभावित भएको छ ।

२०६७ सालमा कञ्चनपुरमा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय विद्यार्थी, प्राध्यापक र कर्मचारीको आन्दोलनले लथालिङ्ग भएको हो । सिद्धनाथ विज्ञान र सिद्धनाथ बहुमुखी क्याम्पस समायोजन गरेर सुदूरपश्चिम विश्वविद्यालय संचालन गर्ने विषयलाई लिएर पटक पटक आन्दोलन भइरहेको हो । विद्यार्थी संगठनहरुले विज्ञान क्याम्पस पनि विश्वविद्यालयमा समायोजन हुनुपर्ने माग राखेपनि समायोजन हुन सकेको छैन । सिद्धनाथ बहुमुखी क्याम्पस हुँदा बार्षिक ७ हजार विद्यार्थी भर्ना हुने क्याम्पसमा विश्वविद्यालय भएपछि चार हजार मात्र विद्यार्थी भर्ना भएका छन् । विश्वविद्यालयमा आन्दोलनका कारण विद्यार्थीहरु घट्दै गएका छन् ।

विश्वविद्यालय सुधार संघर्ष समिति, विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समिति, विद्यार्थी संगठन र कर्मचारीले विभिन्न माग राख्दै आन्दोलन गर्दैै आएका छन् । उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टले कार्य क्षेत्र भन्दा बाहिर गएर काम गर्ने सहमति कार्यान्वयन नगरेकाले आन्दोलनमा उत्रन बाध्य भएको सरोकारवाला बताउछन् ।

विश्वविद्यालयमा पढाइ भन्दा बढि राजनीति हुँदा पठनपाठन प्रभावित भएको विद्यार्थी र अभिभावको गुनासो छ । विश्वविद्यालयलाई राजनीति भन्दा बहिर राखेर समस्या समाधान गर्न सबै सरोकावाला मिल्नुको विकल्प छैन । अर्कोतर्फ आ–आफ्नो माग राखेर हजारौै विद्यार्थीको भविस्यमाथी खेलवाड गरिनु हुन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);