विद्यार्थी सङ्गठनबीच विवाद भएसँगै रोकियो त्रिचन्द्रसहित ८ क्याम्पसको निर्वाचन | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

विद्यार्थी सङ्गठनबीच विवाद भएसँगै रोकियो त्रिचन्द्रसहित ८ क्याम्पसको निर्वाचन

काठमाडौं, २९ फागुन । त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा निर्वाचन प्रक्रिया पछि सर्ने भएको छ । त्रिविका सबै क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएपछि आठ क्याम्पसमा निर्वाचन अबरुद्ध भएको हो ।

देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भएको छ । र आज उम्मेदवारले १ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको छ । सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने त्रिविको कार्यतालिका छ ।

त्रिविका अनुसार काठमाडौं उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका हुन् ।

Leave a Reply

ताजा समाचार