यस्तो छ स्ववियु निर्वाचनको पछिल्लो परिणाम, कुन संगठनले कति जिते ? (नामावली सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

यस्तो छ स्ववियु निर्वाचनको पछिल्लो परिणाम, कुन संगठनले कति जिते ? (नामावली सहित)

देशैभर भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ ।

यस्तो छ स्ववियु निर्वाचनको पछिल्लो परिणाम

काठमाडौँ  ।  देशैभर भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ । 

बाजुरा– स्वतन्त्र विद्यार्थी युनियनको बडिमालिका क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका दीलबहादुर थापा विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घले प्रत्यक्षतर्फका सबै स्थानमा जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ । 
बनेपा– काभ्रेपलाञ्चोकका नौवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मिश्रित परिणाम आएको छ । जिल्लाका दुई क्याम्पसमा विवादका कारण स्ववियु निर्वाचन स्थगन भएको छ भने दुई क्याम्पस प्रकाश क्याम्पस भुम्लुटार र कानपुर क्याम्पस कानपुरमा सर्वसम्मत स्ववियु चयन भएको छ । 

त्यस्तै डेडीथुम्का क्याम्पसमा अनेरास्ववियुका शालिकराम पराजुलीको प्यानल, प्रभा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका विनोद चौलागाइको संयुक्त प्यानल, दाप्चाकृष्ण बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका अमृत अधिकारीको संयुक्त प्यालन, चैतन्य बहुमुखी क्याम्पस बनेपामा नेपाल विद्यार्थी सङ्घका माधव शर्माको संयुक्त प्यानल विजयी भएको छ । 

त्यस्तै पार्वती बहुमुखी क्याम्पस, ढुङखर्कमा नेविसङ्घका पुरुषोत्तम तिमल्सीनाको प्यानल, मङ्गलजन विजय क्याम्पस, मङ्गलटारमा नेविसङ्घका भीमकुमार श्रेष्ठको प्यानल, सञ्जीवनी कलेज धुलिखेलमा अनेरास्ववियुका रमेश सिंह ठकुरी, जनक क्याम्पस भकुण्डेमा अनेरास्ववियुकी सरला दाहालको प्यालन, कुशादेवी क्याम्पस, कुशादेवीमा अनेरास्वियुकी मन्दिरा घिमिरेको प्यानल विजयी भएका छन् । 

सिन्धुली– सिन्धुलीका पाँचवटा क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । 

निर्वाचनबाट भिमेश्वर बहुमुखी क्याम्पस खुर्कोटमा अनेरास्ववियु, सरस्वती बहुमुखी क्याम्पस डकाहामा अनेरास्ववियु, गौमती बहुमुखी क्याम्पस माडीबजारमा अनेरास्ववियु, सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारमा अनेरास्ववियु र राप्रपा विद्यार्थी सघङ्, लाम्पान्टार बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसङ्घको संयुक्त प्यानले जित हासिल गरेको छ । 

सिन्धुलीमा १६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्नेमा विद्यार्थी सङ्गठनका विवादका कारण ११ वटा क्याम्पसमा निर्वाचन हुन सकेन । 

डडेल्धुरा –डडेल्धुराको जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी सङका कृष्ण धामीको प्यानल विजयी भएको छ । 

तेह्रथुम– तेह्रथुमको जिरिखिम्ती र छथर बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्ले जितेको छ । 

एक त्रिवि आङ्गिक क्याम्पससहित छवटा क्याम्पस रहेको जिल्लाका तेह्रथुम बहुमुखी, म्याङलुङ बहुमुखी, बसन्त बहुमुखी र ह्यात्रुङ झरना क्याम्पसमा भने विद्यार्थी सङ्गठनको विवादका कारण निर्वाचन हुन सकेन । 

मुगु–मुगु जिल्लास्थित रारा बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र विद्याथी युनियनको निर्वाचनमा एमाले सर्मथक विद्यार्थी सङ्गठन अनेरास्ववियुका चन्दप्रकाश मल्लको प्यानल विजयी भएको छ । 

बिर्तामोड– झापाका नौवटा क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतदात सम्पन्न भएको छ । 

हालसम्मको प्राप्त मत परिणामअनुसार गौरीगञ्ज उमाविमा नेविसङ्घका देवकुमार ताजपुरिया, गरामनी क्याम्पसका नेविसङ्घका विनोद उप्रेती, गौरादह क्याम्पसमा अनेरास्ववियुका कमल पौडेल, त्रिदेव क्याम्पस चारआलीमा अनेरास्ववियुकै लक्ष्मी न्यौपाने र काँकरभिट्टा क्याम्पसमा नेविसङ्घका सुरज सुवेदी अध्यक्षमा विजयी भएका छन् । 

त्यस्तै मेची बहुमुखी क्याम्पस भद्रपुर, देवी उमावि र कनकाई क्याम्पस बिर्तामोड, कनकाई क्याम्पस सुरुङ र दमक बहुमुखी क्याम्पसमा मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । 

पोखरा– पृथ्वीनारायण क्याम्पसबाहेक पोखराका अन्य पाँचवटा क्याम्पसमा भएको आजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 

पोखराका पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, जनप्रिय क्याम्पस र विन्दुवासिनी संस्कृत विद्यापीठमा आज स्ववियु निर्वाचन भएको थियो । 

विन्दुवासिनी संस्कृत विद्यापीठमा नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ भने अन्यमा मतपरिणाम आएको छैन । 

सोलुखुम्बु– आज सोलुखुम्बुका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल बिद्यार्थी सङ्घले बर्चस्व कायम गरेको छ । जिल्लामा रहेका पाँच क्याम्पसमध्ये तीनवटामा नेविसङ्घ, एउटामा अनेरास्ववियुको प्यानल विजयी भएको छ भने एउटामा निर्वाचन स्थगित भएको छ । 

निर्वाचन परिणामअनुसार सोलुुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीमा नेपाल विद्यार्थी सङ्घ, हिमालदर्शन क्याम्पस नेचाबतासेमा उद्योग राईको सभापतित्वमा नेविसङ्घकै प्यानल दुधकोसी बहुमुखी क्याम्पस सल्यानमा मिलन केसीको सभापतित्वमा नेविसङ्घको प्यानल निर्विरोध चयन भएको छ ।

 

अनेरास्ववियुले जितेका क्याम्पसहरु

१. जलबिरे क्याम्पस, सिन्धुपाल्चोक- अमृत थापा

२. ईन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक- बालकृष्ण दुलाल
३. सरस्वती क्याम्पस, सिन्धुली- रमेश कट्टेल
४. गौमती ब. क्याम्पस, सिन्धुली
५. त्रिदेव क्याम्पस, झापा- लक्ष्मी न्यौपाने
६. गौरादह क्याम्पस, झापा- कमल पौडेल
७. एकतप्ता बहुमुखी क्याम्पस इलाम- हिमाल खनाल
८. परमानन्द बहुमुखी क्याम्पस, गुल्मी- शितल थाप
९. सेती क्याम्पस, बझाङ- विमला अवस्थी
१०. त्रिवेणी क्याम्पस, बझाङ- जय कुँवर
११. मंगला शिक्षा क्याम्पस, म्याग्दी- अनिषा भट्टराई
१२. हिमशिखर क्याम्पस, सुर्खेत- रमेश शर्मा
१३. फुलबारी क्याम्पस, कैलाली- लक्ष्मण गिरी
१४. हिले ब. क्याम्पस- नरेन्द्र ब. राई
१५. जालपादेवी क्याम्पस, धनकुटा- सावित्रा घिमिरे
१६. डेडिथुम्का क्याम्पस- शालिकराम पराजुली
१७. सन्जिवनी क्याम्पस धुलिखेल- रमेश सिंह ठकुरी
१८. कुसादेबी क्याम्पस- मन्दिरा घिमिरे
१९. रिडी बहुमुखी क्याम्पस, गुल्मी- रामप्रसाद पोखरेल
२०. सिद्धार्थ सामुदायिक क्याम्पस, स्याङ्जा- प्रतिष्ठा कार्की
२१. पाटन बहुमुखी क्याम्पस, बैतडी- महेशप्रसाद भट्ट
२२. सल्यान बहुमुखी क्याम्पस, सल्यान- रामबहादुर खत्री
२३. मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा- नवीन बस्याल
२४. शान्ती क्याम्पस, बझाङ- डम्बर सिंह
२५. खापरदेव क्याम्पस, बझाङ- पुजा कार्की
२६. आदर्श बहुमुखी क्याम्पस, धादिङ- रुपक गिरी
२७. हनुमन्तेश्वर क्याम्पस, काभ्रे, दोलखा- सन्तोष दाहाल
२८. खोटाङ क्याम्पस, खोटाङ- सन्तोषी फुयाँल
२९. कानपुर क्याम्पस, काभ्रे- सुनिता तामाङ
३०. अमरदीप क्याम्पस, सुर्खेत- हरि देवकोटा
३१. उद्वुद्द क्याम्पस, पाल्पा- निर्जन आचार्य
३२. त्रियुगा क्याम्पस, उदयपुर- सुनिल तमाङ
३३. सिद्ददेव बहुमुखी क्याम्पस, पाँचथर- रविन सम्वाहाम्फे लिम्बू
३४. सिमपानी क्याम्पस, खोटाङ- रोशन पोख्रेल
३५. मादी ब. क्याम्पस, संखुवासभा- नवराज बडुवाल
३६. रामेश्वर क्याम्पस, संखुवासभा- नवीन याख्या राई
३७. भिमज्योती शिक्षा क्याम्पस, खुर्कोट- चुडामणि श्रेष्ठ
३८. नमुना बागेश्वरी क्याम्पस, धादिङ बैरेनी- सन्दीप घिमिरे
३९. जनक क्याम्पस, भकुन्डे काभ्रे- सरला दाहाल
४०. अन्नपूर्ण सामुदायिक क्याम्पस, कार्किनेटा- हिमाल श्रेष्ठ
४१. सेती क्याम्पस, बझाङ- बिमला अवस्थी
४२. लाली क्याम्पस, दार्चुला- कमला पन्त
४३. खप्तड आदर्श क्याम्पस, डोटी- रमेश पचेरा
४४. बुडिनन्दा क्याम्पस, बाजुरा- केशरबहादुर भाट
४५. जनहित बहुमुखी क्याम्पस, मुस्ताङ- रबिन बानियाँ गुरुङ
४६. महादेव क्याम्पस रातमाटे, नुवाकोट- प्रदीप नेपाल
४७. जिरी क्याम्पस, दोलखा- समीर खड्का
४८. जितपुर क्याम्पस, धनकुटा- प्रतिमा श्रेष्ठ
४९. संखुवासभा बहुमुखी क्याम्पस- चैनपुर
५०. काठमाडौं क्याम्पस, कालीमाटी

अखिल क्रान्तिकारीले जितेका क्याम्पसहरु

१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, ललितपुर- रोशन थापामगर

२. महालक्ष्मी क्याम्पस, ललितपुर लुभु- सरोज महर्जन
३. सगरमाथा आइटी कलेज, सानेपा ललितपुर- मनिष खत्री
४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा रुकुम- जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस, सिम्ली रुकुम- रामबहादुर विष्ट
६. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम- नवराज केसी
७. मुसिकोट क्याम्पस, मुसिकोट रुकुम- नारायण केसी
८. शितल शिक्षा क्याम्पस, चौरजहारी रुकुम- अनुप पोखरेल
९. राडी शिक्षा क्याम्पस, आठविसकोट, रुकुम- खुबराज वली
१०. सिस्ने शिक्षा क्याम्पस, रुकुमकोट- श्रीकुमार बुढाथोकी
११. शिवजन क्याम्पस शितलपाटी, सल्यान- हरिप्रकाश वली
१२. बनगाड क्याम्पस, सल्यान- इन्द्रबहादुर बुढाथोकी
१३. फारुला बहुमुखी क्याम्पस, सल्यान- रामप्रसाद शर्मा
१४. लटिनाथ बहुमुखी क्याम्पस, दार्चुला- नरबहादुर बिष्ट
१५. गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला- भुवन भण्डारी
१६. नलगाड बहुमुखी क्याम्पस, जाजरकोट- राजन राना
१७. पाणिनी बहुमुखी क्याम्पस, अर्घाखाँची- लक्ष्मण खड्का
१८. त्रिपुरा क्याम्पस, नाम्दु दोलखा- शालिकराम उप्रेती
१९. प्रताप स्मृति कलेज, सिंगटी दोलखा- नमराज बस्नेत
२०. प्रभा बहुमुखी क्याम्पस, काभ्रे- विनोद चौलागाई
२१. दाप्चाकृष्ण क्याम्पस, दाप्चा, काभ्रे- अमृत अधिकारी
२२. पुष्पलता बहुमुखी क्याम्पस, लमजुङ- संगिता भुजेल
२३. जनज्योति क्याम्पस, पुर्कोटदह, गुल्मी- सिर्जना घिमिरे
२४. धुर्कोट पर्मानन्द भण्डारी क्याम्पस, गुल्मी- शितल थापा
२५. भाषा क्याम्पस, धनकुटा- नवीन पौडेल
२६. लाम्पन्टार बहुमुखी क्याम्पस, सिन्धुली- विमल रमौली मगर
२७. जुगल बहुमुखी क्याम्पस, सांगाचोक सिन्धुपाल्चोक- जयन्द्र श्रेष्ठ
२८. पालुङ बहुमुखी क्याम्पस, पालुङ मकवानपुर- मुकेश घोले
२९. भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत- रितकुमार विक
३०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया- धनसरा ढकाल
३१. चौमाला बहुमुखी क्याम्पस, कैलाली- प्रकाश आचार्य
३२. नेत्रावती सामुदायिक क्याम्पस, धादिङ- रामबाबु विष्ट
३३. परोपकार आदर्श बहुमुखी क्याम्पस, जौवारी गोर्खा- मिना पन्त
३४. जयपृथ्वीबहादुर सिंह क्याम्पस, बझाङ- रामचन्द्र रोकाय
३५. नन्दादेवी बहुमुखी क्याम्पस, कालिकोट- लक्ष्मण बुढा

नेविसंघले जितेका क्याम्पसहरु

१. मालुंगा सामुदायिक क्याम्पस,- खगेन्द्र भण्डारी

२. ठोकल्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक- बसन्त महत
३. गुप्तेश्वर क्याम्पस, पर्वत- सुशील क्षेत्री
४. गोकुलेश्वर कृषि क्याम्पस, बैतडी- राजेन्द्र बम
५. प्रकाश बहुमुखी क्याम्पस, काभ्रे- तृष्णा पन्त उप्रेती
६. नीलकण्ठ क्याम्पस धादिङ- सरोजराज पाण्डे
७. मछिन्द्र क्याम्पस, धादिङ- प्रमोद गिरी
८. मंगला क्याम्पस, लमजुङ- विश्वनाथ मिश्र
९. कान्तिपुर क्याम्पस, काठमाडौं- प्रवल बज्राचार्य
१०. दिपायल क्याम्पस, डोटी- जीवन भण्डारी
११. घन्टेश्वर सेतीमहाकाली क्याम्पस- जितेन्द्र बोहोरा
१२. दुधकोसी क्याम्पस, सोलुखुम्बु- मिलन के.सी.
१३. त्रिपुरेश्वर शिक्षा क्याम्पस, सिन्धुली- बसन्त अधिकारी
१४. कोट्देउला जनआदर्श क्याम्पस, दैलेख- रमाकुमारी नेपाली
१५. कपुरकोट क्याम्पस सल्यान- सन्देश आचार्य
१६. त्रिपुरा सुन्दरी क्याम्पस, अछाम- भिम कुँवर
१७. सिंजा क्याम्पस, जुम्ला- अमरसिंह खत्री
१८. राधा दामोदर संस्कृत विद्यापीठ- सोवित पाठक
१९. सप्तकोशी क्याम्पस, सुनसरी- प्रतिक राई
२०. अपिलम्पा क्याम्पस, हुती दार्चुला- तोयराज भट्ट
२१. राष्ट्रिय बहुमुखी क्याम्पस, दत्तु दार्चुला- धरेन्द्र धामी
२२. राजा दामोदर क्याम्पस, स्याङ्जा
२३. गलकोट बहुमुखी क्याम्पस, तनहुँ
२४. विन्दवासिनी पोखरा- केशव आचार्य

राप्रविसंघले जितेका क्याम्पसहरु

समयथान बहुमुखी क्याम्पस, शिवराज कपिलवस्तु- बासुदेव केसी

आदर्श बहुमुखी क्याम्पस, कपिलवस्तु- रजत गुप्ता
वंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुर- लक्ष्मण पौडेल

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);