कृष्ण स्नातक क्याम्पस लालीमा संयुक्त उम्मेदवार हेमन्ती जोशी स्ववियु सभापतिमा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कृष्ण स्नातक क्याम्पस लालीमा संयुक्त उम्मेदवार हेमन्ती जोशी स्ववियु सभापतिमा निर्वाचित

काठमाडौं । कृष्ण स्नातक क्याम्पस लालीमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका संयुक्त उम्मेदवार हेमन्ती जोशी स्ववियु सभापतिमा विजयी भएकी छन् । उनी नेपाल विद्यार्थी संघका विनोद टमटालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएकी हुन् ।

महाकाली नगरपालिकास्थित राष्ट्रिय क्याम्पस दत्तुको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ । एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानललाई पराजित गर्दै नेविसंघ विजयी भएको हो ।सभापतिमा नेविसंघका सरोज ग्वाइला विजयी भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको दत्तु क्याम्पसमा अनेरास्ववियुकी संयुक्त उम्मेदवार मनिषा धामीलाई ८ मतले पछि पार्दै सभापतिमा नेविसंघको ग्वाइला प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

एमाले र माओवादी निकट विद्यार्थीहरुका संयुक्त उम्मेदवार धामीले कुल खसेको मत ७१ मध्ये ३० मत प्राप्त गर्दा नेविसंघका ग्वाइलाले ३८ मत प्राप्त गरेका थिए । ८१ मतदाता रहेको दत्तु क्याम्पसमा ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

मालिकार्जुन गाउँपालिकामा रहेको शंकरपुर क्याम्पस पस्तीको स्ववियु सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार कविता अवस्थी प्यानलसहित विजयी भएकी छन् । उनले नेपाल विद्यार्थी संघका एकेन्द्रसिंह धामीलाई १५ मतले पराजित गर्दै विजयी भएकी हुन् ।त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरपुर क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित अवस्थीले ५७ मत ल्याइकी थिइन् । उनकी प्रतिस्पर्धी नेविसंघका उम्मेदवारी धामीले ४२ मत ल्याइएका थिए । सो क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए ।

त्यस्तै, मार्मा गाउँपालिकामा रहेको लटिनाथ क्याम्पसमा पनि अनेरास्ववियु र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार जगदिशसिंह कोट्टारी ४४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेविसंघका जनक विष्टले ३२ मत प्राप्त गरेका थिए । सचिवमा गठबन्धनका सुनिलप्रसाद जोशी ५७ मतसहित विजयी भएका थिए । गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको गठबन्धन मा अनेरास्ववियु क्रान्तिकारीका नविन बिष्ट सहितको प्यानल विजयी भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);