पाँच क्याम्पसमा नेविसंघका स्ववियु सभापति निर्विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाँच क्याम्पसमा नेविसंघका स्ववियु सभापति निर्विरोध

nebisangh

काठमाडौँ, २८ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको आगामी चैत ५ गते निर्वाचन हुँदैछ । युनियनको चुनाव अघि नै केही कयाम्पसहरुमा विद्यार्थी नेताहरू निर्विरोध निर्वाचित भइरहेका छन् । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका स्ववियु सभापतिमा देशभरका पाँच क्याम्पसमा निर्विरोध निर्वाचित भएका छन् ।

पाँचथर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा मुना नेपाली, प्युठान क्याम्पसको स्ववियु सभापतिमा हिमाल केसी, सिन्धुली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कृष्ण लामिछाने, त्रिभुवन आदर्स क्याम्पसको स्ववियु सभापतिमा सविन रेग्मी र मालुङ्गा बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियु सभापति संजीवनी न्यौपाने निर्विरोध निर्वाचित भएका नेविसंघले जनाएको छ ।

१६ वटा क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचित भएका छन् भने आज उम्मेदवारको नामावली माथि दाबी विरोध गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);