स्ववियु निर्वाचन : उपत्यकामा कस्ले कहाँ जिते ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

स्ववियु निर्वाचन : उपत्यकामा कस्ले कहाँ जिते ?

काठमाडौं, ७ चैत्र । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा काठमाडौं उपत्यकामा नेपाल विद्यार्थी संघले आठ क्याम्पसमा जित हासिल गरेको छ ।

शंकरदेव क्याम्पसमा नेविसंघका सुशान्त बस्नेत स्ववियु सभापति निर्वाचित भएका छन् । पद्मकन्या (पीके) क्याम्पसको स्ववियु सभापतिमा ज्योति पनेरु विजयी भएकी छिन् । त्यसैगरी, पब्लिक युथ क्याम्पसमा नवीन पाण्डे,सरस्वती क्याम्पसमा मुस्कानराज गौतम, भक्तपुर क्याम्पसमा रमेश खड्का, त्रिवि केन्द्रीय क्याम्पसमा श्यामराज ओझा, एड्भान्स इन्जिनियरिङ कलेज कलंकीमा सुवास सुवेदी र थापाथली क्याम्पस पुष्करविक्रम शाही स्ववियु सभापतिमा निर्वाचित भएका हुन् ।

यसैगरी, उपत्यकामा अनेरास्ववियुबाट ६ वटा क्याम्पसमा स्ववियुसभापति निवाचित भएका छन् । महेन्द्ररत्न क्याम्पस ताहाचलमा ईश्वरकुमार थापा, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विराज अर्याल, महाराजगन्ज नर्सिङ क्याम्पसमा नोवित बस्नेत, महाराजगन्ज मेडिकल कलेजमा आनन्दकुमार सिंह, जनप्रशासन क्याम्पस– अग्र शाही र ललितकलामा सुजन श्रेष्ठ स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीले २ वटा कलेजमा विजयी भएको छ । नेपाल ल क्याम्पसमा विष्णु ढुंगेल र सानोठिमी क्याम्पसमा रेशम श्रेष्ठ स्ववियुसभापतिमा निर्वाचित भएका छन् । देशभर अनेरास्ववियु १०६, नेविसंघ ७९, क्रान्तिकारी ४७, नेकपा एकीकृत समाजवादी अनेरास्ववियु ५, विप्लव निकट अनेरास्ववियु ४, जसपा १ र नागरिक उन्मुक्तिले एक क्याम्पसमा विजयी हासिल गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);