ठुला क्याम्पसमा चुनाव भएन, साना क्याम्पसमा रौनक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

ठुला क्याम्पसमा चुनाव भएन, साना क्याम्पसमा रौनक

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका करिब २ सय क्याम्पसमा आज स्ववियु चुनाव हुँदै, विद्यार्थी संगठनहरुको विवादका कारण राजधानीका ठुला क्याम्पसमा भने निर्वाचन अनिश्चित

यस्तो छ स्ववियु निर्वाचनको पछिल्लो परिणाम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका झण्डै २ सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदै छ ।

६० वटा आंगिकमध्ये विवाद नभएका २४ वटा आंगिकसहित झण्डै २ सय क्याम्पसमा चुनाव भैरहेको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।

विद्यार्थी संगठनको आपसि किचलो र विवादका कारण आठ वर्षपछि हुन लागेको स्ववियु चुनाव धेरैजसो क्याम्पसमा हुन नसकेको हो ।

काठमाडौंसहित देशैभरिका ठूला क्याम्पसमा विभिन्न मागसहित विद्यार्थी संगठनले कतै तालाबन्दि त कतै आगजनी गरेका छन् । आज काठमाडौं उपत्यकाका सानोठिमी क्याम्पस र भक्तपुर वहुमुखी क्याम्पस, पूल्चोक इन्जिनियरिङ र थापाथलि इन्जिनिययिरङ, जनप्रशासन क्याम्पस, आइओएम र नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, कृषी क्याम्पसमा चुनाव भैरहेको छ । शंकरदेव क्याम्पसले आउँदो २४ गते गर्नेगरि स्ववियुको मिति तोकेको छ ।

राजधानीका अन्य ठुला क्याम्पसहरुमा भने निर्वाचन अनिश्चीत बनेको छ । चैत २० देखि ३ दिनसम्म प्रजातन्त्रवादी प्राध्यापकको अधिवेशन रहेको, चैत २६ गतेपछि परीक्षा सुरु हुने भएकाले अब फेरि स्ववियु चुनावको मिति कहिलेलाई तोक्ने भन्नेबारेमा अन्यौल भएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);