दाङको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको टिमै विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको टिमै विजयी

दाङ, ९ काठमाडौं । दाङमा रहेको महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका मनोज डिसी विजयी भएका छन् । डिसीसँगै एक जना बाहेक सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका छन् ।

डिसीले १ हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६२० मत प्राप्त गरेका छन् । सचिवमा पनि ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी निर्वाचित भएका छन् । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छिन् । त्यस्तै सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल निर्वाचित भएका छन् ।

क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अखिल (छैठौं)ले गठबन्धन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);