तनहुँ १ मा मौरती र २ मा खनाल विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तनहुँ १ मा मौरती र २ मा खनाल विजयी

तनहुँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मत परिणाम आउन थालेको छ । तनहुँका दुवै प्रतिनिधिसभा क्षेत्रमा सभापति, सचिव र सहसचिव पदको अन्तिम मत परिणाम आएको छ ।

तनहुँ १ को सभापतिमा श्यामकुमार मौरती विजयी भएका छन् । निकटम प्रतिस्पर्धी विश्व बाँस्तोलालाई ८३ मतले पराजित गर्दै मौरती क्षेत्रीय सभापति बनेका हुन् । ४८५ मत प्राप्त गरी मौरती विजयी भएका हुन् भने प्रतिष्पर्धी बास्तोलाले ४०२ मत प्राप्त गरेका छन् । मौरती यसअगाडि महाधिवेशन प्रतिनिधि थिए । बास्तोला जिल्ला सचिव हुन् । 

निर्वाचित सभापति मौरती जिल्ला सभापति बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल प्यानलबाट चुनावी मैदानमा होमिएका थिए । बास्तोला पौडेल निकटका नेता भनिए पनि संस्थापन देउवा समूहका निकट केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य गोविन्द भट्टराई र कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले प्यानलबाट उम्मेद्वारी दिएका थिए । 

सचिव र सहसचिवमा पनि मौराती प्यानलका उम्मेद्वार निर्वाचित भएका छन् । क्षेत्रीय सचिव पदमा दयानिधि नराल र राजु बानियाँ निर्वाचित भए । यी दुईले क्रमशः ४६३ र ४५९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी तारानरेश पौडेलले ३६१ र चुडामणि दाहालले ३८५ मत प्राप्त गरे ।

युवराज आले र शैलेश खाती सहसचिवमा निर्वाचित भएका छन् । आलेले ४७४ र खातीले ४३६ मत प्राप्त गरेका हुन् । पराजित रविन पौडेलले ३८९ र अर्जुन अधिकारीले ३६९ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर १ मा कुल ९५४ मध्ये ९३१ मत खसेको हो । यो क्षेत्रमा न्यौपाने र पौडेल प्यानल बलियो सावित भएको छ ।

क्षेत्र नम्बर २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भएका छन् । ५१ मतान्तरले सभापतिका उम्मेद्वार कृष्णराज पण्डितलाई पराजित गर्दै खनालले बाजी मारेका हुन् । खनालले ४४७ र पण्डितले ३९६ मत प्राप्त गरेका छन् ।  निर्वाचित खनाल भण्डारी, वाग्ले, भट्टराई र आले प्यानलका उम्मेद्वार हुन् । खनाल र पण्डित यो भन्दा पहिले महाधिवेशन प्रतिनिधि थिए ।

सचिव र सहसचिव पदमा पनि खनाल प्यानलका उम्मेद्वार विजयी भएका छन् । जीवन चन्द ठकुरीले ५१७ र सन्तोष घिमिरेले ४८३ मत पाएर क्षेत्रीय सचिवमा निर्वाचित भए । निकटम प्रतिस्पर्धी पूर्णचन्द्र घिमिरेले ३१५ र प्रेमबहादुर थापाले ३५३ मत पाएका छन् । 

सहसचिव पदमा याम सारु मगर र चित्रबहादुर राना निर्वाचित भएका छन् । सारुले ५०३ र रानाले ५३६ मत प्राप्त गरे । प्रतिस्पर्धी नरसिङ रानाले ३१९ र टुकराज श्रेष्ठले २९८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ८६६ मध्ये ८६० मत खसेको थियो । दुवै क्षेत्रमा सोमबार मतदान भएको हो । सोमबार रातिदेखि सुरु भएको मतगणना अझै पनि जारी छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);