शनिबार चुनाव हुने भएपछि नेपाल कमर्स क्याम्पसमा नेताहरुको सक्रियता बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

शनिबार चुनाव हुने भएपछि नेपाल कमर्स क्याम्पसमा नेताहरुको सक्रियता बढ्यो

काठमाडौं । स्थगित स्ववियु निर्वाचन चैत्र ११ गते हुने भएपछि नेपाल कमर्स क्याम्पसमा उम्मेद्वारहरुले सक्रियता बढाएका छन् ।

गठबन्धनबाट संयुक्त प्यानल (नेविसंघ, क्रान्तिकारि, र नेकपा एस), नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र अन्य स्वतन्त्र उम्मेदवार कृष्ण हुमागाईं वागिमा गोकर्ण दाहाल, वागि रवीन्द्र रोका लगायतको प्रतिस्पर्धामा छन् ।

नेपाल कमर्स क्याम्पसमा एक मात्र स्वतन्त्र उम्मेदवार कृष्ण हुमागाईंले कडा चुनौति दिने अनुमान गरिएको छ ।

अनेरास्ववियुबाट प्रविन गिरि र गठबन्धनबाट गणेश टन्डन प्रस्तिपर्धामा छन् । साथै यसपटक अनेरास्ववियु पनि दुई धारमा बाँडिएकाले स्वतन्त्र उम्मेद्वार कृष्ण हुमागाईंको पक्षमा आकर्षण बढेको विद्यार्थी नेताहरूले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);