हुमागाईको आरोप– आफ्नो दबदबा गुम्ने डरले षड्यन्त्र पूर्वक चुनाव स्थगित गराईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हुमागाईको आरोप– आफ्नो दबदबा गुम्ने डरले षड्यन्त्र पूर्वक चुनाव स्थगित गराईयो

काठमाडौं । नेपाल कमर्स क्याम्पसमा स्वतन्त्रबाट अध्यक्ष पदका उम्मेद्वार कृष्ण हुमागाईले भोलि हुने भनिएको स्ववियु निर्वाचन सुनियोजित रूपमा रातारात स्थगित गरिएको टिप्पणी गरेका छन् ।

निर्वाचन समितिले आज त्रिविले तोकेको मिति अनुसार भोली हुने भनिएको निर्वाचनका लागि तयारी अपुग भएकाले स्थगित गरिएको जानकारी दिएको थियो ।

सुनियोजित रूपमा भाडने र अमुक व्यक्ति वा संगठनलाई जिताउने नियताका साथ रातारात स्थगित गरेको भन्दै हुमागाई उक्त कार्यको घोर भत्सर्ना गरेका छन् । बिना कुनै कारण निर्वाचन स्थगित गर्नु बिधार्थिको हक र अधिकार माथिको नाङ्गो हस्तक्षेप भएको उनको तर्क छ ।

साथै, स्वतन्त्र विद्याथसर्् समूहले तत्काल चुनाव नगराउने निर्वाचन समितिको राजिनामा समेत मागेको छ । राजीनामा नदिए यस्तो गैरजिम्मेवार निर्णयको प्रतिकार गर्ने चेतावनी दिएको छ ।

‘बर्षाैदेखि क्याम्पस प्रशासनमा आफ्नो दबदबा गुम्ने डरले क्याम्पस प्रमुख सहित मिलेर रातारात सड्यन्त्र पूर्वक रूपमा चुनाव स्थगित गराउनुले के प्रष्ट पार्छ भने । केही ठुला संगठनलाई चुनाव हारिन्छ भन्ने कति डर रहेछ रहेछ । डर पनि किन नहोस विद्यार्थी माझ भन्दा पनि नेताको आदेश पालक र नेताको घर दैलोमा मात्र डुलल्दै हिडे पछि । यस्ता संगठनहरू र विद्यार्थी नेताले किन चुनाव भागलिनु कुन्नि ?’ हुमागाईले लेखेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);