प्यूठानका चार क्याम्पसको स्ववियु निर्वाचन स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्यूठानका चार क्याम्पसको स्ववियु निर्वाचन स्थगित

हरि प्रसाद भण्डारी,१८ फागुन प्यूठान ।
विद्यार्थि संगठनहरु विचको विवादका कारण प्यूठान जिल्लाका ४ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन नहुने भएको छ। समानुपातिक तर्फको वन्द सुचि पेस गर्ने विषयमा विद्यार्थि संगठन विचको विवादले प्युठान क्याम्पस खलंगाको स्वावियु निर्वाचन पनि अहिलेसम्म अनिस्चित छ। क्याम्पसमा विवाद भएपछि निर्वाचन

प्यूठानका चार क्याम्पसको स्ववियु निर्वाचन स्थगित

हरि प्रसाद भण्डारी,१८ फागुन प्यूठान ।
विद्यार्थि संगठनहरु विचको विवादका कारण प्यूठान जिल्लाका ४ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन नहुने भएको छ। समानुपातिक तर्फको वन्द सुचि पेस गर्ने विषयमा विद्यार्थि संगठन विचको विवादले प्युठान क्याम्पस खलंगाको स्वावियु निर्वाचन पनि अहिलेसम्म अनिस्चित छ। क्याम्पसमा विवाद भएपछि निर्वाचन अधिकृतले राजिनामा घोषण गरेर हिडेकोले खलंगा क्याम्पसको चुनाव पनि अनिस्चित वनेको नेवि संघका विद्यार्थि प्रदिप भण्डारीले वताए।

स्वार्गद्धारी वहुमुखि क्याम्पसमा निर्वाचन समितिले सुचना निकालेर निर्वाचन स्थगित गरेको छ भने झिमरुक क्याम्पस, अमर क्याम्पस र गौमुखि क्याम्पसमा तालावन्दि रहेकाले निर्वाचन हुने स्थिति नरहेको विद्यार्थि संगठनहरुले जनाएका छन्। संयुक्त प्यानलको नाममा ने.वि. संघ, अखिल क्रान्तिकारी(प्रचण्ड) र अखिल छैठौंको गठवन्धन छ भने अखिल प्यानलको नाममा अनेरास्ववियु र अखिल क्रान्तिकारी(विप्लव) ले गठवन्धन गरेका छन्। समानुपातिक तर्फको वन्दसुचि पेस गर्ने विषयमा विवाद भएपछि जिल्लाका ४ वटा क्याम्पसमा अखिल प्यानलले तालावन्दि गरेको छ। संयुक्त प्यानलले प्यानलकै नाममा वन्दसुचि पेस गरेकोमा समानुपातिक मत संगठनलाई जाने भएकाले दर्ता भएका संगठनको नाममा मात्र वन्दसुचि पेस गर्नुपर्ने अखिल प्यानलको अडान छ।

क्याम्पस प्रसासनसंग छलफल गर्न जाने क्रममा आफ्ना नेताहरु माथि हातपात भएको भन्दै अखिल प्यानलले आज सांझ १ घण्टा चक्काजाम गरेको छ। नेवि संघका कार्यकर्ताले आफु र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष यांक पुनमाथि हातपात गरेको अनेरास्ववियु का केन्द्रिय सदस्य विनोद भन्डारिले दावि गरे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);