नेपाल कमर्स क्याम्पसमा भोलि स्ववियु चुनाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपाल कमर्स क्याम्पसमा भोलि स्ववियु चुनाव

काठमाडौं, १० चैत्र । मीन भवनस्थित नेपाल कमर्स क्याम्पसको स्थगित स्ववियु निर्वाचन भोलि हुने भएको छ । गत चैत ५ गते निर्धारित निर्वाचन विद्यार्थी संगठनहरुबीचको विवादले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि स्थगित भएको थियो ।

त्रिविको निर्देशनबमोजिम चैत १२ भित्र निर्वाचन सम्पन्न गर्न भएको व्यहोराअनुसार क्याम्पस प्रशासन, निर्वाचन समिति र सम्वद्ध विद्यार्थी संघ संगठनका उम्मेदवारबीच भएको सहमतिका आधारमा चैत ११ गते शनिबार बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने हुने क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पस प्रमुख प्रा. ध्रुव प्रसाद सिलवालले निर्वाचन कार्यलाई शान्तिपुुर्वक, भयरहित, वातावरणमा सम्पन्न गर्न गराउन सम्बद्ध प्राध्यापक, कर्मचारी, विद्यार्थी संष्गठन र समुहलाई आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);