स्ववियु चुनाव अन्तर्गत आज उम्मेदवारी फिर्ता लिन सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

स्ववियु चुनाव अन्तर्गत आज उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौं, २९ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आइतबार नामावली उपर दाबी बिरोधको कार्यक्रम थियो । चैत ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनअन्तर्गत आज १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने त्रिविको कार्यतालिका छ । १४ वर्षपछि हुन लागेको स्ववियु चुनाव आगामी चैत्र ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

विवादका कारण उपत्यका बाहिर पृथ्वीनारायण पोखरा, पाल्पा, चितवन, वीरगन्जको ठाकुरराम, सिराहा, धौलागिरि क्याम्पस वागलुङगलगायत केही क्याम्पसमा निर्वाचन अनिश्चित भएको छ । ती क्याम्पसहरूमा कहिले निर्वाचन गर्ने भन्ने जिम्मेवारी क्याम्पस प्रमुखलाई दिइएको छ ।

स्ववियु निर्वाचन निर्देशिकामा निर्वाचन स्थगित भए त्यसको ३० दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । ३० दिनभित्र निर्वाचनको दिन तोक्ने अधिकार क्याम्पस प्रमुखलाई दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);