धिरजप्रताप सिंह भोलिदेखि अवकाशमा जाँदै, को बन्ला अबको आइजीपी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

धिरजप्रताप सिंह भोलिदेखि अवकाशमा जाँदै, को बन्ला अबको आइजीपी ?

काठमाडौं, १० चैत्र । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आइजीपी धीरजप्रताप सिंहसहित हालै बढुवा भएका पाँचजना एआइजीलाई बोलाएर बधाई दिए । प्रधानमन्त्रीले मिलेर काम गर्न समेत सुझाए ।

प्रचण्डले  पाँचजनामध्येबाट आइजीपी हुने स्पष्ट पनि पारे । योसँगै अब प्रहरीमा ३० वर्षे नियमावली तत्काल परिवर्तन नहुने सन्देश गएको छ । नियमावली परिवर्तनको प्रयास भएपनि प्रचण्डले तत्परता देखाएनन् ।
आजदेखि अब आइजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवाहदले घर जाने भएका छन् । त्यसपछि बढुवा हुनेछन् पाँच एआइजीमध्येका ।

अहिले बढुवा भएकामा पहिलो नम्बरमा छन् वसन्तबहादुर कुँवर । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौंथोमा श्यामलाल ज्ञवाली र पाचौंमा किरण बज्राचार्य । यसै वर्ष डिआइजीमा बढुवा भएर हालै एआइजीमा बढुवा भएका हुने पाँचैजना । अब जो आइजीपी हुन्छ उसले एकैवर्ष तीनपटक बढुवा भएको किर्तिमान राख्छ ।

बढुवाको प्रतिष्पर्धामा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई र दिपक थापा छन् । यी तीनमध्ये जस्ले पनि बाजी मार्न सक्छ । कुँवरलाई बढुवा गर्न काँग्रेस सभापति शेरबहादुर देउवाको दबाब छ । प्रधानमन्त्री प्रचण्ड राई र थापामध्ये एकलाई बढुवा गर्न चाहन्छन् ।

यसअघि प्रहरी बढुवामा पनि तीन नम्बरका धीरजप्रताप सिंहले बाजी मारेका थिए । यसपटक पनि दिपक थापाले बाजी मारेमा आश्चर्य नमाने हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);