नयाँ आईजीपीको खोजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नयाँ आईजीपीको खोजी

काठमाडौं । सरकारले शुक्रबार नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्तिको निर्णय लिने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले नयाँ आइजीपीको नियुक्ति गर्ने छ । नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंहसहित उहाँका ब्याची एआइजीहरु ३० वर्षीय सेवाहदले ११ चैत्रमा अवकाश पाउने भएसँगै नयाँ आईजीपीको नियुक्त हुन लागेको हो । जसमा बुधबार दज्र्यान्ही चिन्ह लगाएका पाँचजना एआईजीबीच प्रतिष्पर्धा छ । प्रतिष्पर्धामा रहनुभएका पाँच जना एआईजीहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हुनुहुन्छ । उहाँहरुमध्ये ज्ञवाली जन्ममितिको विवादमा मुछिनुभएको छ ।

उहाँविरुद्ध अख्तियारमा उजूरी परी छानविन भइरहेको छ । बज्राचार्य पहिलो महिला आईजीपी बन्ने प्रयासमा हुनुहुन्छ । कुँवर, राई र थापा एआईजी बढुवामा अगाडि रहनुभएकाले उहाँहरुमध्येबाट आईजीपी बन्ने प्रबल सम्भावना छ । आईजीपीका प्रतिष्पर्धी पाँचैजना एआईजीलाई बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा डाकेर बधाई दिंदै मिलेर काम गर्न निर्देशन दिनुभएको थियो ।

प्रहरी नियमावली अनुसार आइजीपी बढुवा गर्दा एआईजीहरुबाट र एआइजी नभएको अवस्थामा डिआइजीहरुमध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने क्षमता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन गर्न सक्ने र परिचालन गर्न सक्नेलगायत सामथ्र्यका आधारमा सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी बनाउन सक्ने उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);