नेपाल प्रहरीको आईजीपीमा वसन्त बहादुर कुँवर नियुक्त | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

नेपाल प्रहरीको आईजीपीमा वसन्त बहादुर कुँवर नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा वसन्त बहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय गरेको हो । एआईजीको वरीयतामा पहिलो नम्बरमा रहेका कुँवर नेपाल प्रहरीको ३०औँ आईजीपी भएका छन् ।

एआईजीमा बढुवा भएको तीन दिनमै कुँवर आईजीपीमा बढुवा भएका हुन् । प्रहरी महानिरीक्षकका लागि कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रेसमा थिए ।

आईजीपी कुँवरले ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);