एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा बढुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा बढुवा

काठमाडाैं,२३ असार । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वरियतामा पहिलो नम्बरमा रहनु भएका थापालाई महानिरीक्षकमा बढुवा गरेको हो । नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत हुनुहुन्छ ।

बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बन्नुभएको छ । थापा २०७६ चैत ९ गते नायब महानिरीक्षक डीआईजीबाट एआईजीमा बढुवा हुनुभएको थियो । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।

नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहनुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);