नेपाल प्रहरीपछि सशस्त्र प्रहरीबल र गुप्तचर निकायमा पनि प्रधानमन्त्री देउवाको हस्तक्षेप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल प्रहरीपछि सशस्त्र प्रहरीबल र गुप्तचर निकायमा पनि प्रधानमन्त्री देउवाको हस्तक्षेप

सन्दिप शर्मा
काठमाडौं । वर्तमान प्रधानमन्त्री शेरवहादुर देउवा २०४९ सालमा गृहमन्त्री भएपछि सुरुभएको नेपाल प्रहरीमाथिको राजनीतिक हस्तक्षेप पछिल्लो समय झनै बढ्दै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हाल सम्म नेपाल प्रहरीमा ठाडै तिन पटक सम्म राजनीतिक हस्तक्षेप गरेको स्पष्ट नै छ । देउवाको हस्तक्षेप नेपाल प्रहरीमा मात्रै सिमित नभएर पछिल्लो समय सशस्त्र प्रहरीबल र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धानमा समेत बढ्दै गएको छ ।

प्रहरीको आईजीपी नियुक्ति विवाद सेलाउन नपाउँदै देउवा सरकारले हस्तक्षेप गरेर सशस्त्र प्रहरी बलमा प्रधानमन्त्रीको भतिजी ज्वाँँईं दीपेन्द्र कुँवरलाई एसएसपीमा बढुवा गरेको छ । कुँवरलाई उनको व्याजको पहिलो नम्बरमा राखेर बढुवा गरेपछि रानीतिक हस्तक्षेप भएको आमआवाज पनि चर्किन थालेको छ । यसैगरी सरकारले हस्तक्षेप गर्दै गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागमा समेत भावी नेतृत्वलाई प्रभाव पार्ने गरी एआईजी सरह मानिने अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थप गरेको छ । यसरी पटक पटक सुरक्षा संयन्त्रमाथि सरकारको हस्तक्षेपले सुरक्षा संयन्त्र भित्रको चेन अप कामण्ड भक्तिने डर पैदा भएको पूर्व प्रहरी नायव महानिरीक्षक केशव अधिकारी बताउँछन् ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक यदुलाल खरेलले आगामी भदौ २३ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् । त्यसपछि गुप्तचरको प्रमुख को हुने भनेर अझै निश्चित भएको छैन ।

विभागमा एक मात्रै रहेको एआईजी दरबन्दी दुईवटा बनाएर सरकारले हस्तक्षेप गर्न खोजेको प्रष्ट छ । रिक्त एआईजी दरबन्दीमा अहिले हुतराज थापा, ओम जोशी, हरिहर पौडेल र सुनिल ढकाल मुख्य दावेदार हुन् । अहिलेका डिआईजीहरु एआईजी नबनेको अवस्थामा उनीहरुले ५ बर्षे पदावधि आगामी भदौ १२ मा सकिदै छ । त्यही कारण सरकार आफ्ना निकटकालाई एआईजी बनाउन थप एक दरबन्दी सिर्जना गर्न लागेको स्पष्ट छ । यसरी सुरक्षा संयन्त्रमाथि राजनीतिक हस्तक्षेप हुँनु दुखद भएको तथा सुरक्षाकर्मीहरुको मनोबल गिर्न गरी पटकपटक सरकारले हस्क्षेप गर्नु गलत भएको पूर्व गृह सचिव चण्डीप्रसाद श्रेष्ठ बताउँछन् ।

राष्ट्रिय अनुसन्धानमा विभागमा एआईजी पदमा बढुवाहुने उम्मेदवार चार जनामध्ये हुतराज थापा र ओम जोशी सरकार निकटका मानिन्छन् । तर भर्ना मितिले पुराना सुनिल ढकाल छन् । सरकारमा सहभागी रहेको माओवादीले थापालाई एआई बनाउन देउवा सामु दवाव दिएको छ भने कांग्रेसले जोसीलाई बनाउन दवाव दिएको छ । जोशी प्रधानमन्त्री देउवाको गृह जिल्लाका समेत हुन् । सोही कारण सरकारले रिक्त रहेको एक एआईजी पदको दरबन्दी थपेर दुई बनाएको छ । यसरी राष्ट्रिय अनुसन्धानमा आफ्नो मान्छे ल्याउनका लागि सरकारको हस्तक्षेप भएको प्रष्ट छ । राजनीतिक हस्तक्षेपबाट क्षमतालाई भन्दा पनि आफ्नालाई ल्याउने परिपाटीको अन्त्य अहिलोको आवश्यकता हो । तर थापा वा जोशी मध्य एकजना एक महिनापछि राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनाउने गरी बढुवा गरियो भने यो कुनै अनौंठो हुने छैन । देउवाको सुरक्षा निकायमा हस्तक्षेप गर्ने पुरानै परीपार्टी अझै बढ्दै जाँदा सुरक्षा निकायले गर्न काम प्रति औंला नठडिएला भन्न पनि सकिदैन ।

भिडियो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);