प्रतिगमन र विदेशी हस्तक्षेप सच्चिएको हो ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

प्रतिगमन र विदेशी हस्तक्षेप सच्चिएको हो ? (भिडियोसहित)

२०७७ साल असार १४ गते आइतबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको भनेका थिए । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा बालुवाटार आयोजित कार्यक्रममा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको दाबी गरे सँगै एकएक यो विषयमा चर्चा चुलियो ।

जुन बेला भारतीय सञ्चार माध्यमहरुले निरन्तर तत्कालीन प्रधानमन्त्री ओलीको खोइरो खनिरहेका थिए । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटेर नेपालले नक्सा जारी गरेपछि भारत अहिले सम्म रुष्ट छ । त्यसको छनक बेला बेलामा दिइरहेको कसैबाट लुकेको छैन। तत्कालीन नेकपामा त्यस अघि राजनीतिक रुपमा धेरै ठूलो हलचल भएको थिएन ।

त्यस लगत्तै असार १६ गते बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको मनमुटाव सार्वजनिक रूपमै छताछुल्ल भयो । बैठकमा प्रचण्डले ओलीलाई भनेका थिए पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैपदबाट राजीनामा मैले मागेको हुँ तपाईंले भारतविरूद्ध जे भन्नुभयो त्यसले पार्टीको प्रतिष्ठा गिरेको छ । ओली र प्रचण्डबीच विवाद थियो भन्ने जगजाहेर नै थियो त्यो विवाद व्यक्तिगत टकराव र तिक्ततामा परिणत भए पछि सुरु भएको थियो प्रगिमगन र अग्रगमनको दोहोरी ।

तत्कालीन नेकपा पनि अदालतको फैसालाले अलग भयो। सत्तारुढ पार्टीबाट माधव नेपाल समूह सहित चार प्रमुख राजनीतिक दलहरु ओली सरकारले प्रतिगमन ग¥यो भनेर आन्दोलनमा गए । देशभर आन्दोलन भयो । विघटित प्रतिनिधिसभा पनि पुनस्थापित भयो। तर दलहरुको सत्ता संघर्ष रोकिएन। पुनः विघटन भएको संसन दोस्रो पटक पुनस्थापना भयो। त्यस पछि प्रतिगमन विरुद्ध आन्दोलनमा गएका सबै दलहरुको समर्थनमा अहिले देउवा नेतृतवको संयुक्त सरकार छ । सरकार गठन भएको दुइ महिना हुनै लाग्यो। यसबीचमा धेरैले गरेको प्रश्न के छ भने के त्यो प्रतिगमन सच्चियो? के पाँच दलले भनेको वैदेशिक हस्तक्षेप रोकियो त? भन्ने ।

वास्तबमा आज मुलुक झन् कमजोर अवस्थामा पुगेको छ । देशको अस्तित्वमाथि नै संकट आएको टिप्पणी भइरहेको छ । बाह्य हस्तक्षेप र दबावका अनेक गतिविधिहरुले मुलुकलाई अठ्याइरहेको स्थितिमा पु¥याएको छ। त्यसबाट कसरी पार पाउने कुनै संकेत देखा परेको छैन। सत्तामा पुगेका दलहरु केवल संकीर्ण सत्ताका खेलमा चुर्लुम्म डुबेका छन्। उनीहरुले जनता र देशको विकास र समृद्धिको जुन कुरा गरेका थिए त्यो हात्तीको देखाउने दाँत जस्तो प्रमाणित हुदै गएको छ। सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्यो सत्तामा पुगेको राजनीतिक नेतृत्व विश्वास र भरोसा गर्न लायक देखिएको छैन । बरु विरोधाभाष पुर्ण निर्णयहरुका कारण थप आलोचित बनेको छ। आम जन मानसमा परिवर्तनको बोध हुन सकेको छैन। जनता र सरकारका बीचमा अविश्वासको खाडल बढ्दै गएको छ।

हिजो अग्रगामी परिवर्तनका पक्षधर मानिएका र ठानिएका राजनीतिक दलहरु र तिनको नेतृत्वको जसरी अवशरवादी देखिँदै छ । त्यसले जुन जोगी आए पनि कानै चिरेको भनाई सावित हुँदै गइरहेको छ । नीति, नियम, विधि, विधान, निष्ठा र नैतिकताको कुरा आज संयुक्त सरकारमा रहेका पार्टीहरुले बिर्सीसकेका छन् । अहिले मन्त्री बन्न तँछाडमछाड गर्नेहरुका कारण देश चार जना मन्त्रीको भरमा चलेको छ। एमसीसी परियोजना पास गराउने विदेशी षडयन्त्र सफल हुने देखिएको छ।

भारतले लगातार नेपालमाथि एक पछि अर्को दादागिरी देखाइरहेको छ । देश थप लथालिङ्ग र भताभुङ्ग हुने अवस्थामा छ । आफ्नो निहीत स्वार्थका लागि जनता र देश बाहेक अन्यत्र जतासुकै पनि लत्रिन तयार हुने मानसिकता भएकाहरुले गर्दा लोकतन्त्र समेत सम्हालिन सकेको छैन। यो आजको पीडादायक कटु यथार्थ हो। योग्य मानिसलाई योग्य ठाँउ नदिने संस्कार रहे सम्म देशको यस्तो अवस्था भइरहने छ ।

हिजो चार चार जना प्रधानमन्त्रीले वैदेशिक हस्तक्षेप बढ्यो भनेर वक्तव्य निकाले आज वैदेशिक हस्तक्षेप यस्तो अवस्थामा पुग्दा उनीहरु चुपचाप बस्नुले राम्रो संकेत गर्दैन । किनकी अहिले विदेशी हस्तक्षेपको पराकाष्ठ नाघेको छ । जनताको ज्यु धनको रक्षा समेत हुन सकेको छैन । संसदलाई कठपुतली बनाइएको छ । यस्तो अवस्थामा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, डाक्टर बाबुराम भटृराई, झलनाथ खनाल र उपेन्द्र यादवले भनेको प्रतिगमन हटेको हो त भन्दै प्रश्न गर्ने हो भने स्वयम् उनीहरुसँग जवाफ छैन।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);