अब विद्यालय तहका पुस्तकमा नेपालको नयाँ नक्सा | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

अब विद्यालय तहका पुस्तकमा नेपालको नयाँ नक्सा

new nepal map, naya nepal naksa

काठमाडौं, २९ चैत । नेपालको सुधारिएको नयाँ मानचित्र सरकारले औपचारिक रुपमै विद्यालय तहका पाठ्यपुस्तकमा राख्न थालेको छ । नयाँ नक्सा भएको पाठ्यपुस्तक अहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले धमाधम छपाई गरिरहेको छ ।

यस वर्ष कक्षा ६ र ११ का पाठ्यपुस्तकमा नयाँ नक्सा राखिएको बताइएको छ । ती पुस्तकको आवरण पृष्ठमा नयाँ नक्सा राखिएको हो । पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईका अनुसार नापी विभागबाट औपचारिक रुपमा नयाँ नक्सा माग गरेर पाठ्यपुस्तकमा राखिएको हो ।

उनका अनुसार पाठ्य सामग्रीमा आवश्यकता अनुसार नयाँ नक्सा राखिने छ । २०८० भित्र विद्यालय तहका सबै पाठ्यपुस्तक परिवर्तन गरिँदैछ । पाठ्यपुस्तक परिवर्तन भएर नयाँ आउनासाथ त्यसमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पश्चिम नेपालका छुटेका आफ्ना भूमि समेटेर गत जेठ ७ मा नयाँ मानचित्र जारी गरेको थियो । त्यसपछि संघीय संसदले संविधान संशोधन गरेर नयाँ मानचित्रलाई संविधानमा अंकित गरेको थियो ।

जनक शिक्षाका प्रवक्ता चित्रप्रसाद आचार्यका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सामेल पाठ्यपुस्तक छपाई अन्तिम चरणमा पुगेको छ । उनको भनाई छ– ‘नयाँ नक्सा भएको पाठ्यपुस्तक छपाई भइरहेको छ । अन्य कक्षाको पाठ्यपुस्तक छपाई पनि अन्तिम चरणमा पुगेको छ । हामीले केही वर्ष यता शैक्षिक सत्र सुरु हुनु अघि नै विद्यालयहरुमा पाठ्यपुस्तक पुराउँदै आएका छौं ।’

केही महिना अघि तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ९ देखि १२ सम्म पढाउने भन्दै ‘नेपालको भूभाग र सीमा सम्बन्धी स्वाध्याय सामग्री’ नामको किताब छाप्न लगाएका थिए । सो किताबमा गलत तथ्य तथा विचार राख्न लगाइएको भन्दै प्रधानमन्त्री ओलीले सो पुस्तक वितरणमा रोक लगाएका थिए ।

यस पटक प्रधानमन्त्री ओलीकै अग्रसरतामा विद्यालय तहको पाठ्यपुस्तकमा नयाँ नक्सा छाप्न लगाइएको हो । आगामी वर्ष २०७८ मा असार एक गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । त्यसपछि विद्यालयमा नेपालको नयाँ नक्सासहितको पुस्तक पढाइनेछ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);