संक्रमणका कारण पाल्पामा थप एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संक्रमणका कारण पाल्पामा थप एकको मृत्यु

death body

पाल्पा, २९ चैत। पाल्पामा शनिबार थप एकजना कोरोना संक्रमितको निधन भएको छ । तानसेनको एक माध्यमिक विद्यालयको पूर्व प्राचार्य रहेकी तानसेन -३ कि ७२ वर्षीय महिलाको कोरोना संक्रमणका कारण शनिबार निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना भएकी महिलाको शनिबार बेलुका निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए । योसंगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);