पाल्पा संक्रमणका कारण २५ वर्षीय महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाल्पा संक्रमणका कारण २५ वर्षीय महिलाको मृत्यु

पाल्पा । पाल्पामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । माथागढी–३, सराईमा डेरा गरी बस्ने स्याङ्जाका २५ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएका ती महिलाको बुधबारसम्म लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भएको थियो ।

मृतक महिला बुधबार साँझ सराईस्थित डेरामा फर्किएपछि बिहीबार बिहानदेखि स्वास प्रश्वासमा समस्या आएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पुन अस्पताल ल्याइए पनि अस्पतालले मृत घोषणा गरेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);