कोरोना आशंका गरिएको गर्भवती मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना आशंका गरिएको गर्भवती मृत्यु

death

सप्तरी, १३ जेठ । सप्तरीमा कोरोना भाइरसको आशंका गरिएको लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया महिलाको मंगलबार घरमै मृत्यु भएको छ । उनलाई कोरोना संक्रमणका जस्तै लक्षण देखापरेको थियो । उनलाई पछिल्लो एक सातादेखि नियमित ज्वरो आइरहेको थियो । श्वास लिन समस्या हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएको थियो । समस्या भएपछि उनलाई घरमै राख्न सल्लाह दिइएको थियो । सोमबार रातिदेखि उनलाई श्वास लिन अति नै समस्या भएपछि मंगलबार राजविराजतर्फ ल्याउने तयारी गरिरहेकै अवस्थामा मृत्यु भएको हो ।

कोरोनाको लक्षण देखिएकी महिलाको मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको छ । मृतकको अन्तिम संस्कार गर्नेबारे छलफल भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);