लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

corona virous

पाल्पा, ११ कार्तिक । पाल्पामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमध्ये एकजना पाल्पा र एकजना रुपन्देहीका हुन् ।

पाल्पा पूर्वखोला गाउँपालिका –३ की ६९ वर्षीय महिला र रुपन्देही तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।

पूर्वखोलाकी महिला दुर्घटनामा परेर आईतबार अस्पताल भर्ना भएकी थिइन् । रक्तश्राव भएकी महिलाको स्वाव परीक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको थियो । उनको सोमबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालले जनाएको छ ।

त्यस्तै कार्तिक ४ गतेदेखि मेडिकल कलेजमा उपचाररत रुपन्देहीका पुरुषको पनि सोमबार बिहान मृत्यु भएको हो । उनलाई ४ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य कार्यालयका अनुसार ती पुरुषमा श्वासप्रश्वासको समस्या थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);