पाल्पामा थप दुई संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाल्पामा थप दुई संक्रमितको मृत्यु

death body

पाल्पा । जिल्लामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बेलुकी सवा ४ बजे ७८ वर्षीय पुरुषको मृत्यु भएको थियो भने मिसन अस्पतालबाट उपचार गरेर फर्किएका ७२ वर्षीय पुरुषको सोमबार राति १२ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

७८ वर्षीय पुरुष रम्भा गाउँपालिका–३, पिपलडाँडाका हुने भने ७२ वर्षीय पुरुष रामपुर नगरपालिका–१० गेझाका हुन् । ७८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो भने अर्का पुरुषलाई मिसन अस्पतालले उपचारपछि घरमा पठाएको थियो ।

तानसेनस्थित मिसन अस्पतालमा उपचाररत दुवै पुरुषको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या योसँगै ४२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);