पोखरामा थप चार कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पोखरामा थप चार कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ३ का ८७ पुरुष रहेका छन्। उनको उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा हिजो मृत्यु भएको थियो। उनमा वैशाख २१ गर्ते संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २९ का ४१ वर्षीय पुरुषको पनि उपचारको क्रममा आज मृत्यु भएको छ। उनमा बैशाख २२ गते संक्रमण पुष्टि भएको थियोे भने वडा नं १७ का ७३ वर्षीय पुरुषको उपचारको क्रममा हिजो मृत्यु भएको हो।

उनको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको थियो। उनलाई बैशाख १८ गते संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ‌।

यस्तै म्याग्दी जिल्ला धौलागिरी गाउँपालिकाकी ७२ वर्षीय महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

योसँगै गण्डकीमा प्रदेश मूत्यु हुनेको संख्या २४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);