कास्कीका दुईसहित गण्डकी प्रदेशमा थप तीन संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कास्कीका दुईसहित गण्डकी प्रदेशमा थप तीन संक्रमितको मृत्यु

पोखरा । कास्कीका दुईसहित गण्डकी प्रदेशमा थप तीन संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वत जिल्ला कुश्मा नगरपालिका –१ का ४० वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा आज मेडिप्लस अस्पतालमा निधन भएको स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ।

त्यस्तै कास्की जिल्लामा आज थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १३ का ४८ वर्षीय महिला रहेकी छन् । उनको उपचारको क्रममा पोखरा शिक्षण अस्पतालमा हिजो मृत्यु भएको हो । उनमा बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १० का ८१ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ सय ५१ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);