काभ्रे प्रहरीले गर्यो अहिलेसम्मको नै कडा र्कावाही, निषेधाज्ञा उल्लंघन गर्नेलाई कुखुरा बनाएर सडकमै उठबस | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काभ्रे प्रहरीले गर्यो अहिलेसम्मको नै कडा र्कावाही, निषेधाज्ञा उल्लंघन गर्नेलाई कुखुरा बनाएर सडकमै उठबस

बनेपा । निषेधाज्ञा उल्लंघन गर्ने बढ्दै गएपछि काभ्रेमा जाँचमा कडाइ गरिएको छ ।

निषेधाज्ञा पालना नगर्ने पैदल यात्रीलाई होल्ड गरेर सम्झाइबुझाइ पठाउने र सवारी साधनलाई नियन्त्रमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

यसैक्रममा जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारले जारी गरेका आदेश अवज्ञा गरी विनाकाम सडकमा निस्कने २ सय भन्दा बढीलाई प्रहरीले बनेपा चारदोबाटोबाट नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरूलाई कुखुरा बनाइ, उठबस गर्न लगाइएको छ । तरकारी किन्न जाने, अस्पताल जाने बहानामा निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै गएपछि वास्तविकता बुझेर विनाकाम हिड्नेलाई नियन्त्रणमा लिइएको छ ।

काभ्रेमा गत १९ गते मध्यरातिबाट लागू हुनेगरी विभिन्न क्षेत्र तोकेर एक हप्ता निषेधाज्ञा गरिएको थियो । आज जिल्लामा २ सय ५० जना भन्दा माथि मानिसहरु लाई नियन्त्रणमा लिएर र्कावाही गरिएको काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);