काठमाडौँ । आज संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउनुहुने, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने, प्रधानमन्त्री बालेन्द्र साहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदनहरू सभासमक्ष पेश गर्नुहुने, मदनकुमारी शाहले सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी सङ्कल्प प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।




