राजनीति

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ ।  आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक,२०८३ माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन÷भ्रमण लगायत समसामयिक विषयमा छलफल हुनेछ । त्यस्तै बिहान बिहान साढे १० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा गत भाद्र १० गते भोटेकोशी लगायतका नदीहरुमा आएको बाढी र जलवायु परिवर्तनको असर लगायतका विषयमा विज्ञसँग छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

Related Post
Share

This website uses cookies.