आज एकै दिन ८ वटा संसदीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आज एकै दिन ८ वटा संसदीय समितिको बैठक

काठमाडौं,१५ फागुन । आज एकैपटक ८ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज अर्थ समितिको बैठक दिउँसो २ बजे बस्दैछ । बैठकमा समितिको आन्तरिक छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे नै बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसांस्कृतिक सहिष्णुता पवद्र्धनमा आयोगले खेलेको भुमिका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा सुशासनका लागि विधिको शासन र संसदको भुमिका विषयमा अन्तरक्रियात्मक छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको पहिचान, आवास र भूमिमाथिको पहुँच र अधिकारको सुनिश्चितता, जोखिमयुक्त स्थानमा बसोवास गर्दै आएकालाई स्थानान्तरण लगायतका विषयको सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);