संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं ।  संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्र सङ्घीय सामुन्द्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेश गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply