संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजेबाट बस्ने बैठकमा परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्वन्धित मन्त्रीले उत्तर दिनुहुनेछ । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ श्रावण २०८२ आषाढ) पेस गर्नुहुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्र सङ्घीय सामुन्द्रिक कानूनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेश गर्नुहुनेछ ।

Leave a Reply

ताजा समाचार