संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रश्ताव सभासमक्ष पेस गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनु हुने, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply