काठमाडौं ।
नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले नेपाल र श्रीलंकाबीचको कूटनीतिक सम्बन्ध, नेपाली पर्यटकलाई भिसामा देखिएको समस्या र हवाई उडान विस्तारका सम्भावनाबारे प्रश्तावित राजुदत डा. मञ्चलाकुमारी झासँग कार्ययोजना माग गर्नुभएको छ ।
श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. झाको संसदीय सुनुवाईका क्रममा उहाँले कार्ययोजना माग गर्नुभएको हो । बुधवार संघीय संसदको संसदीय सुनुवाई समितिमा उहाँले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन आग्रह गर्नुभयो । हाल श्रीलङ्कामा नेपाली नागरिकहरूले भोगिरहेको ‘भिसा अन एराइभल’ सम्बन्धी समस्या र इलेक्ट्रोनिक ट्राभल अथराइजेसन प्रक्रियाको जटिलतालाई प्राथमिकताका साथ समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद दंगालले भन्नुभयो, ‘सार्क क्षेत्रमा भिसा फ्रि आवागमनको अवधारणा रहे पनि मानव बेचबिखनको जोखिम देखाउँदै नेपालीमाथि लगाइएको प्रतिवन्ध हटाउन राजदुतको भुमिका महत्वपूर्ण हुनेछ ।’
काठमाडौं–कोलम्बो सिधा उडानलाई प्रभावकारी बनाउन भैरहवा–कोलम्बो रुटको सम्भावना खोजी गर्नुपर्ने प्रस्श्ताव पनि उहाँले राख्नुभयो ।




