संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ ।

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८२ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply