राजनीति

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ ।

आज एकै पटक चार संसदीय समितिको बैठक बस्दैछ । सअन्तर्गत बिहान साढे ८ बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा संवद्ध निकाय र संघ–संस्थासँग छलफल हुनेछ । बिहान साढे ९ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र पारित सम्बन्धमा, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ र बाल सुधार गृहमा रहेका बालवालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ सदनमा पेश सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्बन्धी सम्मेलन (कोप ३१) को सम्बन्धमा कृषि,वन तथा पर्यावरण मन्त्रालय र ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका कामकारवाहीको बारेमा छलफल हुनेछ । त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा   आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ ।

Related Post
Share

This website uses cookies.